Kathmandu Press

कर्णालीमा तीन जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत, वैशाख १५ : कर्णाली प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन्। कर्णाली प्रदेश...
कर्णालीमा तीन जना कोरोना संक्रमितको मृत्यु

सुर्खेत, वैशाख १५ : कर्णाली प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन्। 

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुई जना कोरोना संक्रमित बिरामीको गए राति मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा. के.एन पौडेलले जानकारी दिए। उनका अनुसार भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय दुईजना पुरुषको मृत्यु भएको हो।

भेरीगङ्गा नगरपालिकाका बिरामी वैशाख ५ र वीरेन्द्रनगरका बिरामी वैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा उपचाररत थिए। त्यस्तै, दैलेखमा नारायण नगरपालिका–१ दैलेखका ७५ वर्षीय कोरोना सङ्क्रमित एकजना पुरुषको मृत्यु भएको छ। तीनजना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ। 
 

प्रकाशित मिति: १३:५८ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्