सात सयले घट्यो सुनको मूल्य
काठमाडौं, वैशाख १५ : बुधबार सुनको मूल्य सात सय रुपैयाँले घटेको छ। मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै...
काठमाडौं, वैशाख १५ : बुधबार सुनको मूल्य सात सय रुपैयाँले घटेको छ।
मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन सात सय रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार छापा वाल सुन प्रति तोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर बुधबार १ हजार ३०५ रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: १३:१५ बजे, बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











