Kathmandu Press

हाइड्रोपावरले जानकारी नदिएर ड्याम खोल्दा एक युवती वेपत्ता

धादिङ, जेठ ३० : आँखुखोला हाइड्रोपावरले जानकारी नदिएर ड्याम खोलेपछि लुगा धोरइरहेकी एक युवती वेपत्ता भएकी छन्।

धादिङको त्रिपुरासुन्दरी गाउँपाल....

हाइड्रोपावरले जानकारी नदिएर ड्याम खोल्दा एक युवती वेपत्ता

धादिङ, जेठ ३० : आँखुखोला हाइड्रोपावरले जानकारी नदिएर ड्याम खोलेपछि लुगा धोरइरहेकी एक युवती वेपत्ता भएकी छन्।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै हिजो १९ वर्षीया युवतीलाई आँखुखोलाले बगाएको हो।

लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी उनलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत दा‌‌ङकी उनी ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी हुन्।

आँखुखोला हाइड्रोपावरले जानकारीबिना नै ड्याम खोलेपछि खोलामा रहेकी युवतीलाई बगाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए।

जानकारी नदिइ ड्याम खोल्दा मानिस तथा पशुचौपाया बगाउने र दुःख दिने गरेको स्थानीयवासी राजन शाहले गुनासो गरे।

बेपत्ता युवतीको खोजी भइरहेको प्रहरीले जनाएको छ। आज बिहानसम्म पनि उनलाई भेटाउन सकिएको छैन। उनकाे परिचय खुलाएकाे छैन।

आँखुखोला हाइड्रोपावर धादिङका साइट इन्चार्ज ईश्वर छत्कुलीले भने प्रहरीलाई पहिला नै जानकारी गराएर ड्याम खोलिएको बताए।

 

प्रकाशित मिति: ११:२३ बजे, बिहीबार, जेठ ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्