Kathmandu Press

 प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं, वैशाख १५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार बिहान करिब ११...
 प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं, वैशाख १५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। 

स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार बिहान करिब ११ बजे उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको हो। उनकी छोरी गंगाले सीतालाई अस्पताल भर्ना गरिएको जानकारी  सामाजिक सञ्‍जालमार्फत गराएकी हुन् ।

सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन्। यसअघि उनको उपचार अमेरिका,सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन्।

प्रकाशित मिति: १३:०१ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्