Kathmandu Press

गाई काटेको आरोपमा एकजना पक्राउ

काठमाडौं, वैशाख १५ : गाई काटेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा भोजपुर नगरपालिका–६ भँगेरी बस्ने ४४ वर्षीय गोपाल परियार रहेको जिल्ला प्रहरी...
गाई काटेको आरोपमा एकजना पक्राउ

काठमाडौं, वैशाख १५ : गाई काटेको आरोपमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–६ भँगेरी बस्ने ४४ वर्षीय गोपाल परियार रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

आफ्नै घरमा गाई काटेको सूचना पाएलगत्तै खटिएको प्रहरीले उनलाई मंगबार राति साढे ११ बजे घरबाटै नियन्त्रणमा लिएको जनाइएको छ।

प्रकाशित मिति: १२:३३ बजे, बुधबार, वैशाख १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्