Kathmandu Press

वन्यजन्तु तस्करीका नाइके कुन्जोक लामा दोषी ठहर

काठमाडौं, वैशाख १४ : वन्यजन्तु तस्करीका नाइके कुन्जोक लामा भनिने कुन्जोकछिरिङ तामाङ दोषी ठहर भएका छन्।जिल्ला अदालत, रसुवाले कुन्जोकलाई दोषी ठहर गरेको हो।...
वन्यजन्तु तस्करीका नाइके कुन्जोक लामा दोषी ठहर

काठमाडौं, वैशाख १४ : वन्यजन्तु तस्करीका नाइके कुन्जोक लामा भनिने कुन्जोकछिरिङ तामाङ दोषी ठहर भएका छन्।

जिल्ला अदालत, रसुवाले कुन्जोकलाई दोषी ठहर गरेको हो। उनलाई वैशाख ८ गते दोषी ठहर गरेको अदालतले जनाएको छ।

उनलाई १५ वर्षदेखि तस्करीमा संलग्न रहेको आरोप लागेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई गत असार १० गते पक्राउ गरेको थियो।

रसुवाका जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले उनलाई अवैध रूपमा अखेटोपहार ओसारपसार गरेको मुद्दामा दोषी ठहर गरेको हो। अब वैशाख २२ गते उनलाई सजाय तोकिने जिल्ला अदालतका तहसिलदार रामचन्द्र मण्डलले बताए।

 

प्रकाशित मिति: २१:३३ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्