ठेकेदारबाट २० अर्ब कर उठाइँदै, ५० प्रतिशत भ्याट अग्रिम बुझाउन उर्दी
काठमाडौं, जेठ ३० : ठेकेदारलाई मूल्य अभिबृद्दि कर (भ्याट)को ५० प्रतिशत रकम अग्रिम भुक्तानी गर्न लगाएर करिब २० अर्ब रुपैयाँ कर उठाउने सरकारले तयारी गरेए....

काठमाडौं, जेठ ३० : ठेकेदारलाई मूल्य अभिबृद्दि कर (भ्याट)को ५० प्रतिशत रकम अग्रिम भुक्तानी गर्न लगाएर करिब २० अर्ब रुपैयाँ कर उठाउने सरकारले तयारी गरेएको छ। यसका लागि आन्तरिक राजश्व विभागले निर्माण व्यवसायीलाई परिपत्र गरेको छ।
सरकारले आर्थिक विधेयकमार्फत निर्माण व्यवसायीले पनि ५० प्रतिशत भ्याट रकम अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको थियो। त्यहीअनुसार विभागले आज सूचना प्रकाशित गरेर तत्काल ५० प्रतिशत भ्याट बराबरको रकम अग्रिम दाखिला गर्न निर्माण व्यवसायीलाई परिपत्र गरेको हो।
अब निर्माण कम्पनीहरूले कुनै पनि आयोजनाको ठेक्का पाएपछि भ्याट रकम अग्रिम बुझाउनु पर्नेछ।
विगतमा निर्माण कम्पनीहरूले आयोजना लिनलाई भ्याट जोड्ने तर छलि गर्ने पाइएपछि ५० प्रतिशत भ्याट ठेकेदारबाटै अग्रिम असुल गर्ने नियम जारी गरिएको हो। व्यवसायीहरूले भने भ्याट असुल गर्न नपाइने भन्दै विरोध जनाउदै आएका छन्।
आन्तरिक राजश्व विभागले भने सबै निर्माण कम्पनीलाई अग्रिम भ्याट वापतको ५० प्रतिशत कर बुझाउन परिपत्र गरेको छ।
राजश्वको लक्ष्य भेटाउन मुस्किल परिरहेको सरकारलाई ठेकेदारबाट ५० प्रतिशत भ्याट उठाउन सकेमा एकैपटक अर्बौं रकम उठ्ने आंकल अर्थ मन्त्रालयको छ।
सरकारले चालु आर्थिक वर्षमा विकास खर्चका लागि तीन खर्ब १३ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। सबै रकम खर्च वा आयोजना सम्झौता भएमा सरकारी ठेक्काबाटै २० अर्बभन्दा बढी राजश्व संकलन हुनेछ।
आगामी आर्थिक वर्षमा झन कडाइका साथ लागू गर्ने सरकारको तयारी छ।











