Kathmandu Press

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

बुटवल, वैशाख १४ : मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ।प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख...
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

बुटवल, वैशाख १४ : मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ।

प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ गते प्रदेश सभाको विशेष अधिवेशन बोलाएका छन्। कांग्रेस, माओवादी र जसपाले मुख्यमन्त्री पोखरलेविरुद्ध वैशाख ६ गते अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

उनीहरुले अविश्वास प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन माग गरेका थिए। लुम्बिनी प्रदेशमा एमालेका ४१ सांसद छन्। बहुमतका लागि ४३ सांसद आवश्यक पर्छ।

प्रकाशित मिति: २१:१२ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्