Kathmandu Press

भारतका उडान अस्ट्रेलियामा प्रतिबन्धित

भारतका उडान अस्ट्रेलियामा प्रतिबन्धित

सिड्नी, वैशाख १४ : भारतबाट हुने सबै उडान अष्ट्रेलियाले मे १५ सम्मको लागि प्रतिबन्ध गर्ने भएको छ। अष्ट्रेलियाले मंगलबार भारतबाट हुने सबै उडान प्रतिबन्ध गर्ने निर्णय गरेको हो। 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मंगलबारबाट मे १५ सम्मका लागी भारतको सबै उडान स्थगित गर्ने बताएका छन्। उनले भारतमा कोरोना भाइरसको उच्च संक्रमण देखिएपछि यो निर्णय लिनुपर्ने आवश्यकता भएको बताएका हुन्। 

अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यले संघीय सरकारलाई भारतबाट आउने सबै उडानहरू रोक्न आग्रह गरेको थियो। 

अष्ट्रेलियष्मा हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २९ हजार सात सय १८ छ भने मृत्यु हुनेको संख्या नौ सय दश छ। त्यस्तै, निको हुनेको संख्या  २८ हजार पाँच साय ३६ छ। 

प्रकाशित मिति: १७:४२ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्