Kathmandu Press

डेंगू के हाे र विश्वमा कसरी फैलियाे ?

जलवायु परिवर्तनले डेंगू ज्वरोको संक्रमण फैलाइरहेको नयाँ अध्ययनले चेतावनी दिएको छ। ब्राजिल र भारतजस्ता गर्मी मौसम भएको देशमा यो रोग सामान्य हो।

विश्वमा प्रत्य....

 डेंगू के हाे र विश्वमा कसरी फैलियाे ?

जलवायु परिवर्तनले डेंगू ज्वरोको संक्रमण फैलाइरहेको नयाँ अध्ययनले चेतावनी दिएको छ। ब्राजिल र भारतजस्ता गर्मी मौसम भएको देशमा यो रोग सामान्य हो।

विश्वमा प्रत्येक वर्ष १० करोड व्यक्तिलाई डेंगूको संक्रमण हुन्छ। ज्वरो आउनु, जोर्नी दुख्नु र आन्तरिक रक्तश्राव डेंगूका प्रमुख लक्षण हुन्। डेंगूबाट वर्षमा अनुमानित दश हजारको मृत्यु हुने गर्दछ। डेंगूलाई ‘ब्रेकबोन फिभर’ पनि भनिन्छ। आइडेस लामखुट्टे डेंगूको मुख्य कारण हो। जिका र चिकनगुन्या पनि यही लामखुट्टेकै कारण हुन्छ।

नेचर माइक्रोबायोलोजी जर्नलमा सोमबार प्रकाशित अध्ययनको प्रतिवेदनमा दक्षिणपूर्वी संयुक्त राज्य अमेरिका, चीन र जापानको तटीय क्षेत्र र अष्ट्रेलियासम्म डेंगू फैलिने सम्भावना भएको उल्लेख छ।

Hardik ivf

लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका सहायक प्राध्यापक ओलिभर ब्राडीले आउने वर्षहरूमा धेरैभन्दा धेरै मानिसहरू डेंगू संक्रमणको जोखिममा रहेको बताएका छन्। उनी अनुसन्धान प्रतिवेदनका सहलेखक पनि हुन्।

वर्तमान उत्सर्जनको आधारमा विश्वको बढ्दो तापक्रम अनुसार सन् २०१५ को तुलनामा सन् २०८० सम्म थप दुई अर्ब मानिस डेंगूको जोखिममा रहेको अध्ययनको अनुमान छ। रोगको उच्च जोखिम भएको क्षेत्रमा भइरहेको जनसंख्या वृद्धि र डेंगूको क्षेत्र विस्तार भइरहेकोले संक्रमणको जोखिम पनि बढेको हो।

रोगको विस्तार अनुमान गर्न डा। ब्राडी र उनका सहकर्मीले लामखुट्टेको व्यवहार र शहरीकरणको प्रक्षेपण सम्बन्धी तथ्याङ्क संकलन गरे। संकलित तथ्याङ्कलाई जलवायुका तीन भिन्न परिस्थितिसँग दाँजेर उनीहरूले सन् २०२०, २०५० र २०८० सम्म के हुनसक्छ भन्ने अनुमान गरेका छन्। सबै तीन परिस्थितिमा डेंगू फैलिने जोखिम बढेको छ।

तर, विश्वको तापक्रम कति बढ्छ त्यसै अनुसार रोग पनि फैलिनेछ।

उत्सर्जन नियन्त्रण गरे डेंगूको संक्रमण रोक्न वा कम्तिमा फैलिनबाट रोक्न सकिने डा। ब्राडीले बताए।

बढ्दो तापक्रमले डेंगूको संक्रमण आंशिक रूपमा विस्तार गर्न सहयोग गर्दछ। न्यानो हुँदै गएपछि पहिले बाँच्न नसक्ने स्थानमा पनि लामखुट्टे फैलिन सक्छन्। बढ्दो तापक्रमले लामखुट्टे चाँडै वयस्क र टोक्न सक्ने हुन्छन्। त्यति समयमा लामखुट्टेले रोग सार्न सक्ने क्षमता पनि विकास गर्दछ।

पछिल्ला अध्ययनले विशेष गरी युरोप लगायतका केही क्षेत्रमा रोगको संक्रमण फैलिने सम्भावना कम भएको पूर्वानुमान गरेको छ। ती अध्ययनले महादेशमा रोगको संक्रमण बढी हुने अनुमान गरेको छ। तर, डा। ब्राडी र उनका सहकर्मीले आइबेरिया प्रायद्विप र भूमध्यसागरका केही क्षेत्रमा मात्रै रोग फैलिने अनुमान गरेका छन्।

आइडेस आइग्युप्टीको जोखिम अझ विशेष छ। अन्य लामखुट्टेले सबैलाई टोक्ने भए पनि आइडेस आइग्युप्टीले मानिस नै रोज्छ। दक्षिणपूर्वी अमेरिकामा लामखुट्टेका कारण हुने रोग धेरै फैलिने गर्थ्यो। बीसौं शताब्दीको अन्त्यसम्म औलो ठूलो जोखिम थियो। लामखुट्टे उन्मूलन अभियानले रोग सफाया भयो। तर सो अभियान डीडीटी  नामक किटनाशकमा निर्भर थियो जसको वातावरणीय प्रभाव पनि धेरै नै थियो।

सन् २०१८ मा मायामी–डेड काउन्टीस्थित फ्लोरिडा डिपार्टमेन्ट अफ हेल्थले कम्तिमा एक जना स्थानीयलाई डेंगूको संक्रमण भएको घोषण ग¥यो। युनिभर्सिटी अफ क्यालिफोर्नियाको जियोग्राफी एन्ड डिभेलोप्मेन्ट विभागका प्राध्यापक एन्ड्रयु कम्रीले अध्ययनको सीमा भएको बताए।

डा। कम्रीले उक्त अध्ययन प्रतिवेदनमा‘इकोलोजिकल निस मोडलिङ’ को जटिल प्रयोग भए पनि प्रजातिको प्रतिस्पर्धा, शिकार वा सम्भावित उद्विकासकीय अनुकूलन समावेश नभएको बताए।

डेंगू ज्वरोको खोप उपलब्ध भए पनि प्रभावकारी छैन। संक्रमित बिरामीले अत्यधिक मात्रामा तरल पदार्थ सेवन गर्नुपर्दछ। तर, अत्यधिक वाकवाकी र रिंगटा लाग्ने भएकाले तरल पदार्थ सेवन गर्नु निकै कठिन हुन्छ।

‘स्वस्थ व्यक्तिका लागि डेंगू भयानक अनुभव हो,’ जोश इड्जाडीले भने। उनी इस्टर्न कनेक्टिकट युनिभर्सिटीका सहायक प्राध्यापक हुन्। फ्रेञ्च पोलिनेसियामा हुँदा उनलाई पनि डेंगू ज्वरोको संक्रमण भएको थियो। भर्खर जन्मिएका, वृद्ध र अशक्त डेंगूको अझ बढी जोखिममा हुन्छन्।

प्रकाशित मिति: ०७:१३ बजे, बिहीबार, जेठ ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्