राष्ट्रियसभाको उपनिर्वाचनको तयारीमा आयोग
काठमाडौं, वैशाख १४ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ।आयोगले सूचना जारी गर्दै जेठ ६ गतेका लागि तोकिएको वागमती...
काठमाडौं, वैशाख १४ : निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ।
आयोगले सूचना जारी गर्दै जेठ ६ गतेका लागि तोकिएको वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि हुने उप निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिृकतमा नियुक्त गरेको हो।
उनलाई बैशाख १६ गतेदेखि लागू हुनेगरी अधिकृतमा तोकिएको आयोगका प्रवक्ता तथा सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए।
प्रकाशित मिति: १७:०४ बजे, मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











