Kathmandu Press

यातायात व्यवसायीले सरकारी निर्णयको अवज्ञा गर्ने 

काठमाडौं, वैशाख १४ : सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीहरूले आपत्ति जनाएका छन्।सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा...
यातायात व्यवसायीले सरकारी निर्णयको अवज्ञा गर्ने 

काठमाडौं, वैशाख १४ : सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने सरकारको निर्णयप्रति यातायात व्यवसायीहरूले आपत्ति जनाएका छन्।

सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने तर, आन्तरिक हवाई सेवाका विमानलाई भने यथावत रुपमा सञ्चालन गर्न दिने निर्णय गरेपछि यातायत व्यवसायीले असन्तुष्टि जनाएका हुन् । 

कोरोना संक्रमणको अवस्था भयावह छ भने अत्यावश्यकबाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने उनीहरुको माग छ । यातायत व्यवसायीले उडान बन्द नगरेसम्म सार्वजनिक सवारी पनि बन्द नगर्ने चेतावनी दिएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात सञ्चालनमा रोक लगाउँदा विभेदपूर्ण निर्णय गरेको बताएका छन् । उनले यस सरकारी निर्णयमा पुनर्विचार गर्न पनि माग गरेका छन् ।   

महासचिव सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद गरिए यातायात सञ्चालनमा रोक लगाउने सरकारको निर्णयको स्वतस्फूर्त अवज्ञा हुने बताए । व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर मात्रै कोरोना संक्रमण नरोकिने भन्दै यसका लागि सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्