पर्सामा बिहीबारदेखि निषेधाज्ञा
काठमाडौं, वैशाख १४ : आगामी बिहीबारदेखि लागू हुने गरी पर्सामा निषेधाज्ञा जारी गरिएको छ। मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले...
काठमाडौं, वैशाख १४ : आगामी बिहीबारदेखि लागू हुने गरी पर्सामा निषेधाज्ञा जारी गरिएको छ।
मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले आगामी बिहीबारदेखि निषेधाज्ञा लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
‘वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा हुनेछ जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।
यो अवधिमा केके गर्न पाइने केके गर्न नपाइने भन्ने विषयमा केहीबेरमा सार्वजनिक सूचना जारी गर्ने प्रशासन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: १५:४७ बजे, मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











