Kathmandu Press

युरोपियन युनियनले गर्‍यो अस्ट्राजेनेका माथि मुद्दा दर्ता 

युरोपियन युनियनले गर्‍यो अस्ट्राजेनेका माथि मुद्दा दर्ता 

काठमाडौं, वैशाख १४ : युरोपियन युनियनले अस्ट्राजेनेका कम्पनिमाथि मुद्दा दर्ता गरेको छ।

युनियनले सोमबार एस्ट्राजेनेका विरुद्ध कोभिड–१९ खोपको आपूर्ति गर्ने ठेक्कालाई समयमा पुरा नगरेको र समयमै वितरण सुनिश्चित गर्न ‘भरपर्दो’ योजना नबनाएकाले कानुनी कारबाही सुरु गरेको हो। 

अस्ट्राजेनेका कम्पनीले युनियनले गर्ने कानुनी कार्वाही नियम अनुसार नभएको र अदालतमा आफ्नो बचाउ गर्ने दृढ प्रतिबद्ध रहेको बताएको छ । 

अस्ट्राजेनेकाले यस वर्षको दोस्रो त्रैमासिकमा युरोपियन युनियनलाई तीस करोड खोपमध्ये १८ करोड खोप प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । 

तर एस्ट्राजेनेकाले गत मार्च १२ मा एक विज्ञप्ति निकाल्दै जूनको अन्त्यसम्ममा त्यसको एक तिहाइ मात्र वितरण गर्ने सक्ने र करिब सात करोड दोस्रो त्रैमासिकमा तयार गर्ने बताएको थियो । 

आयोगले अस्ट्राजेनेका विरूद्ध कानुनी कारबाही शुरू गरिसकेको छ,’ ईयूका प्रवक्ताले भने । 

प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्