Kathmandu Press

निषेधाज्ञामा पनि सेयर बजार खुला

काठमाडौं, वैशाख १४ : निषेधाज्ञाको अवधिमा सेयरबजार भने बन्द नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा...
निषेधाज्ञामा पनि सेयर बजार खुला

काठमाडौं, वैशाख १४ : निषेधाज्ञाको अवधिमा सेयर बजार भने बन्द नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको हो । 

नेप्सेका अनुसार घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिनेछ । 

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।  सरकारले निषेधाज्ञा दुई सातासम्म हुने बताएको छ । 

प्रकाशित मिति: ११:४२ बजे, मंगलबार, वैशाख १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्