Kathmandu Press

रहरले शिक्षण संस्था बन्द गरेका होइनौं : शिक्षामन्त्री श्रेष्ठ

चितवन, वैशाख १३ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन्।कृषि तथा वन विज्ञान विश्वविद्यालयको मंगलबार हुने...
रहरले शिक्षण संस्था बन्द गरेका होइनौं : शिक्षामन्त्री श्रेष्ठ

चितवन, वैशाख १३ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताएका छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको मंगलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज (सोमबार) यहाँ आएका श्रेष्ठले भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको बताए। उनले भने, ‘आजदेखि ए लेभलबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ।’ 

उनले १ हजार ८ सय विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट  विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको प्रस्ट पारे। ‘विधि र प्रक्रिया पुर्याउन मात्र कार्यक्रम गर्नुपरेको हो,’ उनले भने। तत्काल सरकार बन्दाबन्दीका पक्षमा नरहेको जनाउँदै उनले थपे, ‘बन्दाबन्दी गर्नुपर्छ भन्ने पक्षमा अहिले सरकार छैन । स्वास्थ्य मापदण्डलाई पालना गरेर सबै हिँड्नुपर्यो।’

परिस्थिति खतरा उन्मुख भयो भने बन्दाबन्दी पनि गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो। मन्त्री श्रेष्ठले भने, ‘सरकार मात्र कराएर हुँदैन, जनता पनि सचेत हुनुपर्छ।’

हामी सबै मिलेर समाधानको बाटातिर जानुको विकल्प नरहेको उनले बताए। निराश भएर नआत्तिन अनुरोध गर्दै उनले उच्च मनोबलका साथ व्यवस्थापन गर्दै जानुपर्ने बताए। 

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्