Kathmandu Press

गुुठी विधेयकको विरोधमा निकालियो मैनबत्ति जुलस (फोटोफिचर)

काठमाडौं, जेठ २९ : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानूनलाई  एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा मैनबत्ति जुलुस निका....

गुुठी विधेयकको विरोधमा निकालियो मैनबत्ति जुलस (फोटोफिचर)
रिवाज राई

काठमाडौं, जेठ २९ : सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानूनलाई  एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा मैनबत्ति जुलुस निकालिएको छ।

राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिको अग्रसरतामा बुधबार साँझ न्यूरोडमा मैनबत्ति जुलुस निकालिएको हो। न्यूरोडबाट सुरु भएको विरोध र्‍याली बसन्तपुर क्षेत्रका भित्रि गल्लीसम्म पुगेको थियो। बसन्तपुर क्षेत्रमा भएको प्रदर्शनमा सहभागीहरु कोहीले हातमा मैनबत्ति बोकेका थिए भने कोहीले ‘गुठी रहे जात्रा रहन्छ’, गुठीको जग्गा लुट्न पाइँदैन’, धर्म संस्कृति मास्न पाइँदैन’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए।

यसअघि गुठी विधेयकको विरोधमा मंगलबार असन क्षेत्रमा विरोध प्रदर्शन गरिएको थियो। प्रदर्शनका क्रममा उनीहरुले गुठी विधेयक खारेज गर्न माग पनि गरेका थिए। गुठी विधेयक ल्याएर सरकारले नेवार सभ्यतामाथि मात्रै नभएर सिंगो नेपालीको पहिचान मेटाउन खोजेको भन्दै नेवार समुदाय आन्दोलित भएका छन्।


 

प्रकाशित मिति: २०:२९ बजे, बुधबार, जेठ २९, २०७६