Kathmandu Press

निषेधाज्ञा हुने भएपछि बुद्ध एयरले बढायाे उडान संख्या

काठमाडौं, वैशाख १३ बुध्द एयरले सोमबार (आज) देखि १६ गतेसम्मका लागि आफ्ना सबै गन्तव्यमा उडान संख्या थप गरेको छ।सरकारले कोरोना संक्रमण रोकथामका लागि...
निषेधाज्ञा हुने भएपछि बुद्ध एयरले बढायाे उडान संख्या

काठमाडौं, वैशाख १३ बुध्द एयरले सोमबार (आज) देखि १६ गतेसम्मका लागि आफ्ना सबै गन्तव्यमा उडान संख्या थप गरेको छ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि १६ गतेदेखि निषेधाज्ञा गर्ने तयारी गरेपछि यात्रुहरूको सहजताका लागि आफ्नो उडान संख्या बढाएको बुद्ध एयरले जनाएको छ। 

निषेधाज्ञाको घोषणापछि यात्रुको संख्यामा वृद्धि हुन गई उनीहरूको यात्रालाई सहज बनाउने उद्देश्यले यो उडान संख्या बढाएको बुद्ध एयरको भनाइ छ।  

हरेक उडानअघि जहाजलाई संक्रमणरहित बनाउन सरसफाइ गर्ने, उडानका क्रममा तापक्रम चेकजाँज, फेससिल्ड तथा मास्कको अनिवार्य प्रयोग तथा ह्यान्ड सेनिटाइज गरेर मात्र उडान भर्ने बुद्ध एयरले जनाएको छ।

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्