Kathmandu Press

वाणिज्य विभागको सेवा प्रवाह एक साताका लागि स्थगित

काठमाडौं, वैशाख १३ : बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।विभागले आज (सोमबार)...
वाणिज्य विभागको सेवा प्रवाह एक साताका लागि स्थगित

काठमाडौं, वैशाख १३ : बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

विभागले आज (सोमबार) सूचना जारी गर्दै ‘कोभीड-१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुने सेवाबाहेकका अन्य सम्पूर्ण सेवा आजदेखि यही वैशाख १९ गतेसम्मका लागि स्थगन गरिएको जनाएको छ।

विभागका प्रवक्ता शिवराज सेढाईंले भने, ‘विभागमा सेवाग्राहीको भीडभाड हुँदा सङ्क्रमणको जोखिम थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेपछि प्रशासनकै आग्रहमा हामीले सेवा प्रवाह स्थगन गरेका हौँ।’

भीडभाड बढी हुने काम रोकिए पनि बजार अनुगमनलगायत काम भने हुने उनको भनाइ थियो। 

प्रकाशित मिति: १५:५८ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्