नेपाल समूहको रिटको आज फेरि पेसी तोकियो
काठमाडौं, वैशाख १३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको एकलौटी निर्णय रोक्न माग गर्दै सर्वोच्च अदालतमा...काठमाडौं, वैशाख १३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको एकलौटी निर्णय रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेका रिटको दोस्रोपटक पेसी तोकिएको छ।
आइतबार ३०औं नम्बरमा तोकिएको पेसी समय अपुग भएको भन्दै नभ्याइनेमा परेको थियो। आज (सोमबार) को पेसी छैटौं नम्बरमा परेकाे छ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सो रिटको पेसी तोकिएको छ। हिजाे पनि उनकै एकल इजलासमा त्यसको पेसी तोकिएको थियाे।
ओलीले गर्दै आएका निर्णय र आफूहरूमाथि हुँदै आएको कारबाही रोक्न आदेश मागसहित नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले वैशाख ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
प्रकाशित मिति: १४:१९ बजे, सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











