Kathmandu Press

निर्ममतापूर्वक कुकुर मार्नेलाई कारबाहीको माग

काठमाडौं, वैशाख १३ : खैरे नामको कुकुरलाई हिर्काएर मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ।धुलिखेल नगरपालिका-४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले...
निर्ममतापूर्वक कुकुर मार्नेलाई कारबाहीको माग

काठमाडौं, वैशाख १३ : खैरे नामको कुकुरलाई हिर्काएर मारेका विरोधमा दोषीमाथि कानूनी कारवाहीको माग गरिएको छ।

धुलिखेल नगरपालिका-४ स्थित २८ किलो भन्ने स्थानमा दुई युवाले गत चैत १८ गते खैरेलाई निर्ममतापूर्वक मारेका थिए।

रेस्क्यु एनिमल नेपालले हत्यामा संलग्न युवालाई तत्काल पक्राउ गर्न अनुरोध गरे पनि प्रहरीले आलटाल गरेको संस्थाका पदाधिकारी सिर्जना अधिकारीले  पत्रकार सम्मेलनमा जानकारी दिए।

बिजुलीको खम्बामा खैरेलाई बाँधी दुई पुरुषले कोदालो र फलामको रडले टाउकामा हिर्काएर हत्या गरेको भिडियाे सामाजिक सञ्जालमा भाइरल भएको थियो। 

अधिकारीले खैरेको हत्यारा पक्राउ नभए सशक्त आन्दोलन गरिने चेतावनी दिँदै खैरेको हत्यारा पक्राउ गर्न प्रहरीसमक्ष किटानी जाहेरी दिइएको आइतबार जानकारी दिए।

नेपालमा पशुपन्छी संरक्षण ऐअनुसार जनावरका हत्यारालाई तीन महिनासम्म थुन्ने र ५ हजार जरिवाना हुनेछ।

प्रकाशित मिति: १४:०१ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्