Kathmandu Press

स्वर्गीय अधिकारी सरल र शालिन व्यक्तित्वः उपप्रधानमन्त्री पोखरेल

एमाले महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वर्गीय मनमोहन अधिकारीलाई सरल, शालिन र सादगीपूर्ण व्यक्तित्वका रूपमा स्मरण गरेका छन्।
स्वर्गीय अधिकारी सरल र शालिन व्यक्तित्वः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, वैशाख १३ : एमाले महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वर्गीय मनमोहन अधिकारीलाई सरल, शालिन र सादगीपूर्ण व्यक्तित्वका रूपमा स्मरण गरेका छन्।

स्वर्गीय अधिकारीको २२ औँ स्मृति दिवस अवसरमा सन्देशमार्फत पोखरेलले स्व. अधिकारीले स्थापित गरेका आदर्श, सिद्धान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको उल्लेख गरेका छन्।

एमालेका संस्थापक अध्यक्ष तथा पहिलो कम्युनिस्ट प्रधानमन्त्री अधिकारीको १३ वैशाख ०५३ मा निधन भएको थियो।

स्वर्गीय अधिकारीले नेपालको विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्व बनाउन महत्त्वपूर्ण अभिभावकीय भूमिका वहन गरेको उपप्रधानमन्त्री पोखरेलले उल्लेख गरेका छन्।

‘आजको यस विशेष दिनले एमालेका नेता-कार्यकर्तालाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन ऊर्जा प्रदान गरोस्,’ पोखरेलले भनेका छन्।
 

प्रकाशित मिति: १२:०४ बजे, सोमबार, वैशाख १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्