Kathmandu Press

हवाइ मार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

काठमाडौं, वैशाख १२ : हवाइ मार्गबाट आउनेहरुले अब १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने भएको छ।आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले...
हवाइ मार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

काठमाडौं, वैशाख १२ : हवाइ मार्गबाट आउनेहरुले अब १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने भएको छ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले हवाइ मार्गबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्न सरकारलाई सिफारिश गर्ने निर्णय गरेको हो।

अहिले भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ। भारतको दिल्लीबाट नियमित उडानहरु भइरहेका छन्। जसले गर्दा कोरोना संक्रमणको जोखिम अत्यधिक रहेको छ।

त्यसैले हवाइ मार्गबाट आउनेहरुलाई क्वारेन्टिन अनिवार्य गर्नुपर्ने निष्कर्ष निकालेको सीसीएमसीका एक सदस्यले बताए।

यससँगै ट्रान्जिट उडान रोक्न पनि सिफारिश गर्ने निर्णय गरेको छ। सीसीएमसीले सीमा नाकामा पनि कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ।

प्रकाशित मिति: २१:१६ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्