कोरोना बढेपछि वीरगन्जमा परीक्षा पनि स्थगित
वीरगन्ज, वैशाख १२ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि वीरगन्ज महानगरपालिकामा परीक्षा पनि स्थगित गरिएको छ।आइतबार महानगरले सूचना जारी गरी कोरोना संक्रमण तीव्र...
वीरगन्ज, वैशाख १२ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि वीरगन्ज महानगरपालिकामा परीक्षा पनि स्थगित गरिएको छ।
आइतबार महानगरले सूचना जारी गरी कोरोना संक्रमण तीव्र रुपमा बढेकाले सबै परीक्षा स्थगित गरिएको जनाएको छ। अहिले वीरगन्जमा कक्षा ८ का नगरस्तीय परीक्षा सञ्चालन भइरहेका छन्।
योसँगै सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको मेयर विजयकुमार सराबगीले जनाएका छन्।
वीरगन्जमा पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएको छ। पहिलो चरणको संक्रमणमा पनि वीरगन्ज सबैभन्दा बढी प्रभावित भएको थियो।
प्रकाशित मिति: १९:५४ बजे, आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











