Kathmandu Press

माग पूरा नभए ४ हजार इन्जिनियरले राजीनामा दिने 

काठमाडौं, १२ बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चरणबद्व आन्दोलन घोषणा गरेको छ।आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा कार्यक्रम गर्दै...
माग पूरा नभए ४ हजार इन्जिनियरले राजीनामा दिने 

काठमाडौं, १२ बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले चरणबद्व आन्दोलन घोषणा गरेको छ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा कार्यक्रम गर्दै समितिले खाईपाई आएको भत्ता र असार मसान्तसम्ममा सकिन लागेको समय सिमा थप गर्नुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको हो। 

कार्यक्रममा प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका अध्यक्ष इ. अविनाश अमरले सरकारसम क्षप्राविधिकहरुको सकिन लागेको दरवन्दीको समय सिमा थप गर्न माग गरे । प्राविधिकलाई राज्यले दायित्वभन्दापनि सम्पत्ति सोचेर व्यवस्थापन गर्नुपर्ने अमरको भनाई थियो । ‘प्राविधिकहरु खुशी भए सारा देश र जनताहरु खुशी हुन्छन् ।’ अध्यक्ष अमरले भने,‘सरकारले प्राविधिक चाहिदैन भनेर दरबन्दी कटौती गर्नुदुःखद् कुरा हो ।’

नेपाल इन्जिनियरिङ एशोसियशनका आगामी ३३औं कार्यकारी समितिका महासचिवपदका प्रत्यासी महासचिव इ. डा. शंकर ढकालले ५ वर्ष भन्दा कार्यअनुभव बटुलेका प्राविधिकहरुको सम्मान गर्नुपर्ने जोड दिए । प्राविधिकहरुलाई तिरस्कृत नगरेर उनीहरुले राखेका जायज माग पुरा गर्नुपर्ने उनको भनाइ थियो । 
 
त्यस्तै, नेपालइन्जिनियरिङ एशोसियशनका आगामी ३३औं कार्यकारी समितिका अध्यक्षपदका अर्का प्रत्यासी इ डा. दिलिपकुमार झाले इन्जिनियरिङ एशोसियशनले पनिप्राविधिकहरुलाई स्थान दिन नसकेको बताए। प्राविधिकहरुले उठाएको मागहरुमा सरोकारवाला तथा एशोसियन पनि प्रतिबद्व हुनुपर्नेमा जोड दिए । उनले चुनावी एजेण्डामा मात्र नभएर कार्यान्यन तिर लाग्नुपर्ने बताए ।  

प्रकाशित मिति: १७:०२ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्