नेपाल समूहको रिट ‘हेर्न नभ्याइने’मा
काठमाडौं, वैशाख १२ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट आज (आइतबार) ‘हेर्न नभ्याइने’ मा परेको छ।...
काठमाडौं, वैशाख १२ : एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट आज (आइतबार) ‘हेर्न नभ्याइने’ मा परेको छ। समय अभावका कारण आज साे मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको जनाइएकाे छ।
उक्त रिटको आज प्रारम्भिक सुनुवाइ हुने भनी सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेन्चमा पेसी ताेकिएको थियो। बिहीबार नेपाल समूहका वारेस तिलकबहादुर थापामार्फत सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। उक्त रिट सुनुवाइका लागि ३०औं नम्बरमा परेको थियो।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीद्वारा गरिएका केन्द्रीय कमिटी खारेज गरी दसौं महाधिवेशन आयोजक कमिटी बनाउने, आफूहरूमाथि कारबाही चलाउनेलगायत निर्णय पार्टी विधान र कानुनविपरीत रहेको जिकिर गर्दै नेपाल समूहले सर्वोच्च अदालतमा रिट दायर गरेकाे थियाे।
प्रकाशित मिति: १७:०० बजे, आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











