राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौं, वैशाख १२ : राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। निर्वाचन आयोगले आगामी जेठ ६ गतेका लागि तय भएको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको...
काठमाडौं, वैशाख १२ : राष्ट्रियसभा उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। निर्वाचन आयोगले आगामी जेठ ६ गतेका लागि तय भएको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
उक्त तालिकामा वैशाख २१ मा मतदाता नामावली प्रकाशन हुने उल्लेख छ। उमेदवार मनोनयनका लागि वैशाख २४ गते तोकिएको छ।
वैशाख २५ देखि २८ सम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नाम फिर्ता लिने कार्यतालिका छ।
वैशाख २९ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने, २९ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिकामा उल्लेख छ।
वाग्मती प्रदेशको रिक्त एक स्थानमा निर्वाचन हुन लागेको हो। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेपछि रिक्त स्थानमा निर्वाचन हुन लागको हो। एमालेले थापालाई नै उमेदवार बनाउने निर्णय गरेको छ।
हेर्नुहाेस् कार्यतालिका












