Kathmandu Press

ग्राहकलाई आफूखुसी हिँडडुल गर्न नदिन होटल संघको आग्रह

काठमाडौं, वैशाख १२ : कोरोना संक्रमण तीव्रता लिइरहेका बेला होटल संघ नेपाल (हान) ले आफ्ना ग्राहकलाई आफूखुसी हिँड्डुल गर्न नदिन अनुरोध गरेको छ...
ग्राहकलाई आफूखुसी हिँडडुल गर्न नदिन होटल संघको आग्रह

काठमाडौं, वैशाख १२ : कोरोना संक्रमण तीव्रता लिइरहेका बेला होटल संघ नेपाल (हान) ले आफ्ना ग्राहकलाई आफूखुसी हिँड्डुल गर्न नदिन अनुरोध गरेको छ ।

खासगरी क्‍वारेन्टिनमा रहेका भारतीय तथा अन्य देशबाट आएका नागरिकहरूलाई स्वतःस्फूर्त तवरले होटल बाहिर हिँड्डुल गर्न नदिन संघले अनुरोध गरेको हो।

‘आफुखुसी हिँड्डुल गर्ने गरेको भन्‍ने गुनासो आएको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड(१९ को दोस्रो लहर फैलिने क्रमलाई न्यूनीकरण गर्नेतर्फ क्‍वारेन्टिन व्यवस्थापन गरिरहनुभएका यस होटल संघ नेपालका सदस्य होटलहरुले क्‍वारेन्टिनमा रहेका व्यक्तिहरुलाई होटल परिसरबाट अति आवश्यक कामबाहेक बाहिर जान तथा हिँड्डुल गर्न नदिनुहुनसमेत अनुरोध गर्दछौं।’

संघले स्वास्थ्य मापदण्ड पालना गरी एउटा कोठामा बढीमा दुई जनासम्म राखेर चियानास्ता तथा खाना होटलमै व्यवस्थापन गरिदिन पनि आग्रह गरेको छ।

प्रकाशित मिति: १५:३१ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्