कांग्रेसद्वारा सिद्धिकीको निधनप्रति दुःख व्यक्त
काठमाडौं, वैशाख १२ : नेपाली कांग्रेस संसदीय दलले संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको निधनप्रति दुःख व्यक्त गरेको छ। उनको यही वैशाख ११ गते निधन...
काठमाडौं, वैशाख १२ : नेपाली कांग्रेस संसदीय दलले संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको निधनप्रति दुःख व्यक्त गरेको छ। उनको यही वैशाख ११ गते निधन भएको थियो ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज (आइतबार) शोक विज्ञप्तिमार्फत संविधानसभा सदस्य सिद्धिकीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।
नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी सिद्धिकी २०६४ सालको पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य भएकी थिइन्।
राजनीतिका साथै विभिन्न सामाजिक संस्थामा आबद्ध रहँदै आएकी नेत्री सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्र, विशेष गरी महिलाको हकअधिकारका लागि क्रियाशील थिइन्।
पार्टीको संगठन, सुदृढीकरण एवं विस्तारमा सक्रिय रहँदै आउनुभएका उनको निधनले कांग्रेसले पार्टी एवं सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ।











