Kathmandu Press

प्रधानमन्त्रीले दिए नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौं, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।प्रधानमन्त्रीले आज (आइतबार) बिहान ट्विट गर्दै  नेपाल, मलेसिया र...
प्रधानमन्त्रीले दिए नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौं, वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।

प्रधानमन्त्रीले आज (आइतबार) बिहान ट्विट गर्दै  नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन्। शनिबार सम्पन्न नेपाल र नेदरल्यान्ड्सबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो।

‘नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै सानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई,’ ट्विटमा भनिएको छ।

प्रकाशित मिति: १२:१७ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्