भायानेटले ल्यायो भाइबर च्याटबोट

काठमाडौं, वैशाख १२ : भायानेट आफ्ना ग्राहकका लागि भाइबर च्याटबोट ल्याएको छ ।
जसअन्तर्गत अब ग्राहकले भाइबरबाट भायानेट च्याटबोटसँग च्याट गरेर भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञासा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्नेछन् ।
ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यो योजना अन्तर्गत रहेर ग्राहकले कुनै पनि सेवाको बिलसम्बन्धी जिज्ञासा र इन्टरनेटसम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाटै भाइबर च्याटबोट मार्फत तुरुन्तै पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: ११:२६ बजे, आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











