Kathmandu Press

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

झापा, वैशाख १२ : मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया...
मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

झापा, वैशाख १२ : मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो। दुर्घटनाबाट गम्भीर घाइते उनको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। 

राईलाई पत्नीशोक

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दिलीप राईलाई पत्नीशोक परेको छ । पाँचथर रविमा जन्म भई हाल झापाको कमलगाउँँपालिका–५ मङ्गलबारे बजारमा बसोबास गरेका उनकी ७२ वर्षीया श्रीमती इन्द्रकुमारी राईको आज बिहान असमायिक निधन भएको हो। 

श्वासप्रश्वासमा एक्कासि समस्या देखिएपछि चार दिनदेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दै आएका उनको आज बिहान १.३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको आज बिहान ११ बजे झापाको कमल–५ सावित्राचोक उत्तर जङ्गलमा अन्येष्टि गरिने जनाइएको छ। उनका एक छोरा र एक छोरी छन्।
 

प्रकाशित मिति: ११:०५ बजे, आइतबार, वैशाख १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्