Kathmandu Press

भेरी अस्पतालमा थप एक संक्रमितको मृत्यु

राँझा, वैशाख ११ : नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक सङ्क्रमितको उपचारका क्रममा आज (शनिबार) मृत्यु भएको छ।नेपालगन्ज उपमहानगरपालिका–१२ निवासी ५५ वर्षीया महिलाको...
भेरी अस्पतालमा थप एक संक्रमितको मृत्यु

राँझा, वैशाख ११ : नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत थप एक सङ्क्रमितको उपचारका क्रममा आज (शनिबार) मृत्यु भएको छ।

नेपालगन्ज उपमहानगरपालिका-१२ निवासी ५५ वर्षीया महिलाको भेरी अस्पतालमा रहेको कोभिड आइसोलेसनमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि चैत ३१ गते पिसिआर परीक्षण गर्दा उनमा कोभिड संक्रमण पुष्टि भएको थियो। वैशाख ६ गतेदेखि उनलाई भेरी अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार सुरु गरिएको थियो।

यससँगै कोभिड संक्रमणका कारण बाँके जिल्लामा ज्यान गुमाउने संख्या ७७ पुगेको छ।

प्रकाशित मिति: १७:४१ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्