Kathmandu Press

रक्सी नपाएपछि स्यानिटाइजर पिउँदा भारतमा सातको मृत्यु

काठमाडौं, वैशाख ११ : रक्सी नपाएपछि स्यानिटाइजर पिउँदा भारतको महाराष्ट्रस्थित यवतमालमा सातजनाको मृत्यु भएको छ।कोरोना संक्रमण तीव्र गतिमा विस्तार हुँदै गएपछि भएको लकडाउनले...
रक्सी नपाएपछि स्यानिटाइजर पिउँदा भारतमा सातको मृत्यु

काठमाडौं, वैशाख ११ : रक्सी नपाएपछि स्यानिटाइजर पिउँदा भारतको महाराष्ट्रस्थित यवतमालमा सातजनाको मृत्यु भएको छ।

कोरोना संक्रमण तीव्र गतिमा विस्तार हुँदै गएपछि भएको लकडाउनले गर्दा त्यहाँका रक्सी पसलहरु बन्द छन्। रक्सी अभाव भएपछि मानिसहरूले स्यानिटाइजर पिएको र त्यसक्रममा सातजनाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।

मृत्यु हुने सबैजना मजदुर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:३६ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्