ठूल्ठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव छैन : नेम्वाङ
काठमाडौं, वैशाख ११ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले ठूल्ठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताएका छन्।नेपाल इन्जिनियरिङ...
काठमाडौं, वैशाख ११ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले ठूल्ठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताएका छन्।
नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै शनिबार उनले मुलुकको समृद्धिका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए।
सरकारको राष्ट्रिय आकांक्षा पूरा गर्दै समृद्धि प्राप्तिका लागि इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।
‘अहिले मूलुकमा सुरुङमार्ग, रेलमार्ग, एयरपोर्ट, सिँचाइ आयोजना निर्माण हुने चरणमा रहेको छ,’ उनले भने, ‘त्यस्ता पूर्वाधार निर्माणका लागि इन्जिनियरिङ क्षेत्रले आफूलाई विकास गर्नुपर्छ।’
प्रकाशित मिति: १५:१४ बजे, शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)


