Kathmandu Press

तस्बिरमा हेर्नुहोस् धरहराको उद्घाटन

काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुनधारामा नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। शनिबार प्रधानमन्त्रीले धरहरामा राखिएको शिलापत्र अनावरण गरी धरहराको उद्‍घाटन गरेका...
तस्बिरमा हेर्नुहोस् धरहराको उद्घाटन

काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुनधारामा नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। शनिबार प्रधानमन्त्रीले धरहरामा राखिएको शिलापत्र अनावरण गरी धरहराको उद्‍घाटन गरेका हुन्।

२०७२ वैशाख १२ गते गएको भूकम्पले धरहरा भत्किएको थियो। ६ वर्षपछि यसको पुनर्निर्माण गरिएको छ।

पुनर्निर्माण गरिएको धरहरा २२ तलाको छ। यसअघि नौ तलाको रहेको थियो।

धरहरा पुनर्निर्माणमा तीन अर्ब ४८ करोड खर्च भइसकेको छ। अझै केही काम बाँकी रहेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।

तस्बिर : रासस

प्रकाशित मिति: १४:५१ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्