Kathmandu Press

धरहरा भत्किँदा बाँच्न सफल रमिला श्रेष्ठलाई सम्मान

काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी ओलीले धरहरा भत्किँदा बाँच्न सफल रमिला श्रेष्ठलाई सम्मान गरेका छन्। शनिबार पुनर्निर्मित धरहराको उद्घाटन कार्यक्रममा श्रेष्ठलाई सम्मान...
धरहरा भत्किँदा बाँच्न सफल रमिला श्रेष्ठलाई सम्मान

काठमाडौं, वैशाख ११ : प्रधानमन्त्री केपी ओलीले धरहरा भत्किँदा बाँच्न सफल रमिला श्रेष्ठलाई सम्मान गरेका छन्। शनिबार पुनर्निर्मित धरहराको उद्घाटन कार्यक्रममा श्रेष्ठलाई सम्मान गरिएको हो।

काठमाडौं बल्खु  निवासी श्रेष्ठ २०७२ वैशाख १२ गते धरहरामा हुँदा भूकम्प गएको थियो। धरहरा ढल्दा उनी घाइते भएकी थिइन्। गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण धरहरा ढलेकाे थियो।

भूकम्पका कारण धरहरा क्षेत्रमा मात्रै ६० जनाले ज्यान गुमाएका थिए। धरहराको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा योगदान दिनेहरूलाई पनि सम्मान गरे।

प्रकाशित मिति: १३:०८ बजे, शनिबार, वैशाख ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्