Kathmandu Press

शिक्षण अस्पताल निजी हस्पिटलमा बिरामी पठाउने एजेन्सी !

काठमाडौं, जेठ २९ : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको इमर्जेन्सीमा गएका बिरामीलाई त्यही अस्पतालमा उपचार गर्नुको साटो त्यहाँबाट निजी अस्पतालमा पठा....

शिक्षण अस्पताल निजी हस्पिटलमा बिरामी पठाउने एजेन्सी !

काठमाडौं, जेठ २९ : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको इमर्जेन्सीमा गएका बिरामीलाई त्यही अस्पतालमा उपचार गर्नुको साटो त्यहाँबाट निजी अस्पतालमा पठाउने गरिएको छ। नेकपा मुख्य सचेतक देव गुरूङले प्रतिनिधिसभामा बोल्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै गुरुङले भने, ‘टिचिङ हस्पिटलको इमर्जेन्सी वार्डबाट उपचारका लागि गएका नयाँ बिरामीहरूमध्ये धेरैजसोलाई त्यहाँबाट प्राइभेट हस्पिटलमा पठाउने गरिराखेको छ। त्यसले निजी अस्पातालको एजेन्सीको रुपमा शिक्षण अस्पतालले काम गरिराखेको देखिन्छ।’

नेकपा मुख्य सचेतक गुरूङले भने, ‘सरकारी स्वामित्वमा रहेको अस्पतालमा उपचार गराउनुको सट्टामा निजी अस्पतालमा ट्रान्सफर गरी पठाउने जो देखिइ राखेको छ, त्यसलाई अविलम्ब नियन्त्रण गरियोस् भनी ध्यानाकर्षण गराउँछु।’

प्रकाशित मिति: १४:३७ बजे, बुधबार, जेठ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्