जापानका लागि नेपाल एयरको टिकट बुकिङ खुल्यो, भदौ १२ को नयाँ साइत
काठमाडौं, जेठ २९ : असार १९ मा जापानको ओसाका उडान गर्न नसकेको नेपाल वायुसेवा निगमले अर्को मिति सार्वजनिक गरेको छ।
निगमले भदौ १२ गतेबाट काठमाड....
काठमाडौं, जेठ २९ : असार १९ मा जापानको ओसाका उडान गर्न नसकेको नेपाल वायुसेवा निगमले अर्को मिति सार्वजनिक गरेको छ।
निगमले भदौ १२ गतेबाट काठमाडौं–ओसाका उडान गर्ने नयाँ मिति आज सार्वजनिक गरेको हो। निगमले टिकट बुकिङसमेत आजदेखिनै खुल्ला गरेको जनाएको छ।असार १९ देखि जापानको ओसाका उडान गर्ने भन्दै प्रचार गरेको थियो। उडानको मिति आउने समयमा निगमले टिकट बुकिङ नभएको भन्दै २५ दिन अगाडि रद्द गरेको थियो।
निगमले एयरबस ३३०–२०० सिरिजको वाइडवडी जहाज खरिदसँगै ओसाका उडान गर्ने बताउँदै आएको भएपनि अहिलेसम्म सफलता पाउन सकेको छैन।
निगमले जापान जाने यात्रु नपाएकाले उडान तालिकालाई भदौमा सार्ने निर्णय गरेको जनाएको छ। तर निगम स्रोतका अनुसार ओसाकामा उडान अनुमतिको प्रक्रियानै नटुंगिएपछि यात्रु बुकिङको बाहना बनाएको थियो। जापानको नारितामा उडान अनुमति पाइसकेको अवस्थामा कार्यकारी अध्यक्ष बनेका मदन खरेलले ओसाका उडानको लागि प्रक्रिया सुरू गरेका थिए।
निगमले एयरबस ३३०–२०० सिरिजको जहाज खरिद गरेको एक वर्ष पूरा भइसक्दा पनि लामो दूरीको उडान गराउन सकेको छैन। निगमले साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने तयारी गरेको थियोे। सन् १९९४ देखि सन् २००७ सम्म साताका दुई उडान गरेको थियो। जहाज अभाव हुदैं गएपछि आकर्षक मानिएको जापानको गन्तव्य निगमले गुमाएको हो।
विगतमा निगमले बोइङ ७५७ सिरिजको न्यारोवडी जहाजमार्फत ओसाका उडाउँदै आएको थियो। जुन अहिले पनि छ। नेपाली विद्यार्थी तथा रोजगारी भिसामा वर्षेनी हजारौ नेपाली जापान जाने गरेका छन्। हाल एक लाखभन्दा बढी नेपाली जापानमा रहेको अनुमान छ भने जापानसँग सिधा हवाई उडान नहुँदा नेपाल आउने जापनी पर्यटकको संख्यासमेत बढ्न सकेको छैन।
नेपालमा सिधा उडान हुन नसक्दा जापानबाट नेपाल आउने पर्यटन संख्या प्रत्येक वर्ष घट्दै गएका छन। सन् २००३ मा निगमले काठमाडौं–ओसाका उडान गर्दा २७ हजार चार सय १२ पर्यटक नेपाल भित्रिएका थिए।
अहिले निगमले दुईवटा वाइडवडी, दुईवटा एयरबस ३२० सिरिजका न्यारोवडी जहाज र एउटा बोइङ ७५७ सिरिजको न्यारेवडी जहाजमार्फत ९ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ।






