एनआरएनए कोषले पूर्वाधारमा लगानी गर्ने
काठमाडौं, वैशाख ११ : गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब पूँजी भएको एनआरएन डेभलपमेन्ट फन्डले पूर्वाधारको क्षेत्रमा लगानी गर्ने...
काठमाडौं, वैशाख ११ : गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब पूँजी भएको एनआरएन डेभलपमेन्ट फन्डले पूर्वाधारको क्षेत्रमा लगानी गर्ने बताएका छन्।
उनले रकमको प्रतिफल बैंकमा पैसा राखी व्याजबाट नभई पूर्वाधारमा लगानी गरेरै दिने बताए। नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष पन्तले बैंकबाट व्याज खाएर नभई पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको उल्लेख गरे।
पूर्वाधार तथा उत्पादनशीललगायतका क्षेत्रमा लगानी गर्ने गरी फन्डको स्थापना भएको जानकारी दिँदै उनले त्यसमा गैरआवासीय नेपालीको नौ अर्ब ५० करोड र नेपाल सरकारको ५० करोड शेयर लगानी हुनेछ।
गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै कोषको प्राथमिक सेयर विक्री गर्ने योजना छ । त्यसमा रु आठ बराबरको साधारण शेयर विक्री गरिनेछ । नेपालको कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना भित्र्याउने तयारी गरिएको छ।
त्यसमा नेपाल सरकारले पाँच प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पूँजी साधारण सेयर विक्री गरी सङ्कलन गरिने छ। साधारण सेयर सार्क मुलुक बाहेकका गैरआवासीय नेपालीले मात्रै खरिद गर्न पाउने छन्।











