अयोग्यको बिल्ला हटाउन बहिर्गमित लडाकुको माग
काठमाडौं, वैशाख १० : अयोग्य भनेर माओवादी सेनाबाट हटाइएका लडाकुले अयोग्यको बिल्ला हटाउन माग गरेको छ।उनीहरुको संगठन बहिर्गमित जनमुक्ति सेना नेपालले अयोग्यको बिल्ला...
काठमाडौं, वैशाख १० :अयोग्य भनेर माओवादी सेनाबाट हटाइएका लडाकुले अयोग्यको बिल्ला हटाउन माग गरेका छन्।
उनीहरुको संगठन बहिर्गमित जनमुक्ति सेना नेपालले अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित सम्मानपत्र र परिचयपत्र दिन सरकारसँग माग गरेको हो। शुक्रबार बर्हिगमित जनमुक्ति सेना नेपालको पूर्ण केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्दै इन्चार्ज असिम आङबुहाङ्ग लिम्बुले अयोग्यको बिल्ला हटाउनुपर्ने बताए।
त्यसैगरी तत्कालिन नेकपा (माओवादी) र नेपाल सरकारबीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता अनुरुप तत्कालिन समयका १८ वर्ष मुनिका बाल सेनाहरुलाई पुनस्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग गर्न माग गरेको छ।
उनीहरुले स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेना सरह आर्थिक प्याकेज दिनुपर्ने, सम्पूर्ण राजनीतिक आन्दोलनका घाइतेहरुलाई औषधि उपचारसहितको दिर्घकालिन व्यवस्था गरिनुपर्ने माग गरेको छ।
त्यस्तै, बहिर्गमित जनमुक्ति सेनाका सदस्य तथा तिनका बालबालिकालाई कम्तिमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।











