Kathmandu Press

लागुऔषध कारोबारमा संलग्न युवकलाई गोली हानेर पक्राउ

पोखरा, जेठ २९ : लागुऔषध कारोबारमा संलग्न एक युवकलाई गोली हानेर पक्राउ गरिएको छ।

आज दिउसो पोखराको उत्तम चोकस्थित एक क्याफेमा लागुऔषध कारोबारम....

लागुऔषध कारोबारमा संलग्न युवकलाई गोली हानेर पक्राउ

पोखरा, जेठ २९ : लागुऔषध कारोबारमा संलग्न एक युवकलाई गोली हानेर पक्राउ गरिएको छ।

आज दिउसो पोखराको उत्तम चोकस्थित एक क्याफेमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई गोली हानेको हो। जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार, लागुऔषध नियन्त्रण ब्यूरोको टोली सादा पोशाकमा खटिएको थियो।

उत्तम चोकस्थित एक क्याफेमा लागुऔषध कारोबारमा संलग्न दुई जना ग १३ प ८२२८ नम्बरको मोटरसाइलमा आएका थिए। उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ।

प्रहरी टोलीले पोखरा–१० का गोविन्द थापालाई पक्राउ गरेको छ। उनको खुट्टामा गोली लागेको छ। त्यस्तै, एक जना प्रहरी जवान पनि घाइते भएको जनाएको छ।

अहिले गोली लागेर घाइते भएका गोविन्दलाई उपचारका लागि रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।

उनीसँगै रहेका अर्का एक जना भने भागेका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:५६ बजे, बुधबार, जेठ २९, २०७६