Kathmandu Press

कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु

नेपालगन्ज, वैशाख १० : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ।नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँकेको बैजनाथ गाउँपालिका २ का...
कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु

नेपालगन्ज, वैशाख १० : कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ।

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बाँकेको बैजनाथ गाउँपालिका २ का ६५ वर्षीय बृद्ध र बर्दियाको राजापुर नगरपालिका ९ का ४२ वर्षीय युवकको शुक्रबार दिउँसो मृत्यु भएको हो।

उनीहरुको उपचारका क्रममै मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए।

योसंँगै बाँकेका कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ। त्यस्तै, उपचारका लागि बाहिरी जिल्लाबाट आएका एक सय जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्