Kathmandu Press

आविष्कार केन्द्रले बिग्रिएका अक्सिजन प्लान्ट बनाउने

काठमाडौं, वैशाख १० : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले अक्सिजन प्लान्ट बिग्रिएको भए आफूहरु मर्मत गर्न तयार रहेको बताएका छन्।सामाजिक सञ्जालमार्फत उनले...
आविष्कार केन्द्रले बिग्रिएका अक्सिजन प्लान्ट बनाउने

काठमाडौं, वैशाख १० : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अक्सिजन प्लान्ट बिग्रिएको भए आफूहरु मर्मत गर्न तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले नेपालमा अक्सिजनको अभाव हुन नदिन बिग्रिएका अक्सिजन प्लान्टहरूलाई मर्मत गरि पुनः सञ्चालनमा ल्याउन सकिने बताए।

अहिले भारतमा अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाइरहेका छन्। उनीहरुले अक्सिजन पाउन सकेका छैनन्। नेपालमा पनि त्यो अवस्था आउन नदिन तयारी गर्नुपर्ने पुनले बताएका हुन्।

‘नेपालमा अक्सिजन प्लान्टहरुको अवस्था के छ? कतिसम्म अक्सिजनहरु उपलब्ध छन्? यदि बिग्रिएको अवस्थामा अक्सिजन प्लान्टहरु छन् भने आवश्यक परेको खण्डमा राष्ट्रिय आविष्कार केन्द्र उक्त बिग्रिएका अक्सिजन प्लान्टहरु मर्मत गर्न प्रयास गर्नेछौ,’ उनले भनेका छन्।

यसका लागि आविष्कार केन्द्रमा सम्पर्क गर्न पनि आग्रह गरेका छन्।

 

प्रकाशित मिति: १८:२१ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्