पूर्वी नवलपरासीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
नवलपरासी, वैशाख १० : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार–६ मा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्...
नवलपरासी, वैशाख १० : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार–६ मा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । शुक्रबार बुलिङटारबाट दलदले आउँदै गरेको लु १ ज ३७१० नम्बरको जिप दुर्घटना बुलिङटारमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका परासीका अनुसार मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–४ का २३ वर्षीय अजय विक रहेका छन् । गम्भीर घाइतेलाई उपचारका लागि दलदलेतर्फ पठाइएको र सामान्य घाइतेलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:११ बजे, शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











