सरकारको नेतृत्व परिवर्तन पुरानै कुरा हो : प्रचण्ड
काठमाडौं, जेठ २९ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व परिवर्तन पुरानै कुरा भएको बताएका छन्।
आज प्रेस सङ्....
काठमाडौं, जेठ २९ : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व परिवर्तन पुरानै कुरा भएको बताएका छन्।
आज प्रेस सङ्गठनले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमतिअनुसार नै सरकारको नेतृत्व परिवर्तन हुने बताए।
सरकारको नेतृत्वको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा उनले यो विषय नयाँ नभएको बताए। ‘मिडियामा नयाँ कुराजस्तो गरी प्रचार भइरहेको छ। यो पुरानै कुरा हो। हामी जुन सहकार्य र सहमतिका साथ अघि बढेका छौँ त्यहीअनुसार अघि बढ्छौ,’ प्रचण्डले भने।
उनले पार्टी एकता प्रक्रियामा टुङ्गो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुङ्गो लाग्ने बताए।
मिडिया विधेयकलाई पनि परिमार्जन गरेर अघि बढ्ने उनको भनाइ थियो। ‘मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि बढ्नुपर्छ भन्ने छ। जति गृहकार्य भएर विधेयक आउनु परथ्यो, केही कमी रहेको देखियो। पक्कै पनि सरकार पार्टी यसमा सतर्क भएको छ,’ उनले भने।
आउँदा दिनमा यस्ता विधेयक ल्याउँदा पर्याप्त गृहकार्य गरेर ल्याइने उनको भनाइ थियो।











