Kathmandu Press

प्रधानसेनापति चलाउँदा प्रचण्ड भाग्नु परेजस्तै गुठी चलाउन खोजे ओली सकिन्छन् : गगन थापा

प्यूठान, जेठ २९ : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानसेनापति चलाउँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता छोडेर हिड्नु ....

प्रधानसेनापति चलाउँदा प्रचण्ड भाग्नु परेजस्तै गुठी चलाउन खोजे ओली सकिन्छन् : गगन थापा

प्यूठान, जेठ २९ : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानसेनापति चलाउँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता छोडेर हिड्नु परेजस्तै गुठीमाथि आक्रमण गरे प्रधानमन्त्री केपी शर्मा ओलीको पनि त्यस्तै हालत हुने चेतावनी दिएका छन्।

बुधबार प्यूठानमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीलाई प्रचण्डले प्रधानसेनापति चलाउन खाेज्दाको परिणाम स्मरण गर्न आग्रह गरे। ‘प्रधानसेनापति चलाउँदा प्रचण्ड भाग्नु परेजस्तै गुठी चलाउन आए ओली सकिन्छन्,’ थापाले भने।

उनले गुठीसम्बन्धी प्रस्तावित विधेयक आए प्यूठानको स्वर्गद्वारी पनि तहसनहस हुने बताए। प्यूठानका बासिन्दालाई सम्बोधन गर्दै उनले भने,'गुठीसम्बन्धी प्रस्तावित विधेयकले तपाईँको स्वर्गद्वारीको सरकारीकरण हुन्छ र कार्यकर्ता भर्तिकेन्द्र बन्ने छ।’

सरकार योजनाबद्ध रुपमा मौलिक संस्कृति र परम्परामाथि आक्रमण गरिरहेको उनको आरोप थियो।  

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, जेठ २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्