Kathmandu Press

सगरमाथा आरोहीलाई पनि देखियो कोरोना 

काठमाडौं, वैशाख १० : सगरमाथा आरोही एर्लेन्ड नेसलाई कोरोना संक्रमण पुष्टि भएको छ। नर्वेका सागरमाथा आरोही नेसलाई गत १५अप्रिलमा कोरोना भाइरस संक्रमण भएको हो...
सगरमाथा आरोहीलाई पनि देखियो कोरोना 

काठमाडौं, वैशाख १० : सगरमाथा आरोही एर्लेन्ड नेसलाई कोरोना संक्रमण पुष्टि भएको छ। नर्वेका सागरमाथा आरोही नेसलाई गत १५अप्रिलमा कोरोना भाइरस संक्रमण भएको हो ।

नर्वेका आरोही नेसलाई कोरोना भाइरसको कारण आठ दिन अस्पतालको आइसोलेसनमा राखिएको थियो । नेसका अनसार उनको आरोहण टोलीमध्ये एक शेर्पा आरोहीलाई पनि कोरोना संक्रमण भएको थियो। 

नेसलाई भाइरस कहाँबाट सर्‍यो भन्ने थाहा छैन तर खुम्बु उपत्यकाको छेउमा रहेको चिया पसलबाट सरेको हुनसक्ने उनको शंका छ । ‘आफूलाई सुरक्षित राख्न हात धुने र दिनभरि मास्क लगाउन जस्ता मपदण्ड पालना गर्न सक्थे । तर मैले लापार्वाही गरे,’ नेसले भने, ‘धेरैले यात्रामा मास्क प्रयोग गरेका थिएनन् ।’ 

गत अप्रिल २२मा स्वास्थ्य जाँच गरेपछि नेसको कोरोना रिर्पोट नेगेटिभ आइसकेको उनले बताए। 

गत वर्ष कोरोना महामारीको कारण बन्द भएको सागरमाथा हिमालको आरोहण दुई साता पहिले खुलेपछि सागरमाथा आरोहीको संख्या बढेको छ। 

प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्