भोजपुरमा जन्ती बस दुर्घटना, चारजना घाइते
भाेजपुर, वैशाख १० : भोजपुरको षडानन्द नगरपालिका-५ चिउरीबोटेमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन्।भोजपुरकै साल्पासिलिछों गाउँपालिका-२ कुलुङबाट ट्याम्के मैयुङको दिल्पातर्फ बिहेको...
भाेजपुर, वैशाख १० : भोजपुरको षडानन्द नगरपालिका-५ चिउरीबोटेमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
भोजपुरकै साल्पासिलिछों गाउँपालिका-२ कुलुङबाट ट्याम्के मैयुङको दिल्पातर्फ बिहेको जन्ती लिएर जाँदै गरेको ग३च ३६३२ को फोर्स गाडी बिहान साढे ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा साल्पासिलिछों-२ का ४७ वर्षीय घनश्याम गिरी, ४८ वर्षीय बालकृष्ण गिरी, ६० वर्षीय वासुदेव गिरी र ३५ वर्षीय नीलबहादुर चौहान रहेको प्रहरीले जनाएको छ। गाडीमा बेहुलासहित १४ जना रहेको जनाइएको छ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई उपचारका लागि संखुवासभाको मनकामना हस्पिटल तुम्लिङटार पठाइएको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १३:५१ बजे, शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











