Kathmandu Press

घुन्सा गाउँमा हिमपातले विद्यार्थी प्रभावित

ताप्लेजुङ, वैशाख १० : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा शुक्रबार बिहान हिमपात भएसँगै घुन्सा आधारभूत विद्यालयको विद्यार्थी चिसोले प्रभावित हुन पुगेका छन्। समुन्द्र सतहदेखि तीन...
घुन्सा गाउँमा हिमपातले विद्यार्थी प्रभावित

ताप्लेजुङ, वैशाख १० : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा शुक्रबार बिहान हिमपात भएसँगै घुन्सा आधारभूत विद्यालयको विद्यार्थी चिसोले प्रभावित हुन पुगेका छन्। 

समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा अवस्थित घुन्सामा बिहीबार र शुक्रबार बिहान हिमपात भएसँगै विद्यालयमा अध्ययनरत विद्यार्थी प्रभावित बन्न पुगेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताए। हिमपात भएपछि अत्यधिक चिसो मौसम हुने भएकाले कक्षाकोठामा बसेर पढ्न समस्या भएको शिक्षक शेर्पाले बताए। 

उनले भने, ‘हिजो बिहानदेखि आज बिहानसम्म हिउँ परेको छ । विद्यालय बिदा गरौँ भने परीक्षा आइसक्यो । पढाउनै प¥यो ।  हिमतापका कारणले मौसम एकदम चिसो छ ।’ हिमपातले चौँरी याक साथै पशुपालकलाई पनिसमस्या भएको स्थानीय पेमा शेर्पाले बताए। ताप्लेजुङमा बिहीबार हिमपात हुँदा पाथीभरा क्षेत्रमा समेत हिउँ जमेको छ। बिहाबार ताप्लेजुङमा वर्षासँगै हिमाली क्षेत्र हिमपातले सेताम्य भएको छ। रासस
 

प्रकाशित मिति: १२:२५ बजे, शुक्रबार, वैशाख १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्